Nepal Times
Nepal Times
3
Shares

नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय आज बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

शनिबार ग्रान्डी अस्पतालमा तेस्रो पटक डायलासिस गरेका प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेका हुन् । बैठकको तय भने शनिबार भइसकेको थियो ।

आजको बैठकमा पार्टी एकताका बाँकी विषयमा टुंगो लगाउने बारे छलफल हुने बताइएको छ । नेकपामा प्रवास कमिटी अझै गठन भएको छैन भने केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता पाएका छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.