×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा भित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु दुखद् : शर्मा

१७ पुस, काठमाडौँ ।

सत्तारुढ नेकपा राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले दलभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् । राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार नेता शर्माले प्रतिनिधिसभा विघटन हुनु ठीक नभएको बताए ।

 ‘अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’ उनले भने, ‘प्रतिपक्षले समस्या उत्पन्न गरेर विघटन हुनुपरेको होइन । हाम्रो किचलोका कारणले जननिर्वाचित प्रतिनिधिसंसथा विघटन हुनगयो, यो दुःखको विषय हो ।’

उनले प्रतिनिधिसभा विघटनबारे राष्ट्रिय सभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको बताए ।

शर्माले पार्टी विभाजन रोक्नसक्ने केही तरिका भए पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई आग्रह गरे । उनले भने, ‘हामी विभाजित हुन गइराखेका छौं । अझै पनि हामी एकठाउँमा हुनसक्ने सम्भावना छन्, त्यस्ता किसिमका समीकरण रसायनहरू छन् भने ती रसायनहरूबाट जोड्नका लागि प्रयत्न हुनेछ । त्यसका लागि प्रयासरत रहौं । वामदेव गौतमको प्रयत्न सफल रहोस् ।’

नेकपा विभाजन सिद्धान्त र दर्शनको आधारमा नभइ राजनीतिक कारणले हुन लागेको भन्दै शर्माले दुःख व्यक्त गरे । उनले नेकपा विभाजनबाट आफू चिन्तित भएको बताए । राजनीतिक दल विभाजन हुँदा लोकतन्त्र र व्यवस्था कमजोर हुने शर्माको भनाइ थियो

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top