Nepal Times
Nepal Times
3
Shares

नेकपाले स्थानीय र प्रदेश सरकारलाई काम गर्न दिएन : प्रकाशमान सिंह

नेकपाले स्थानीय र प्रदेश सरकारलाई काम गर्न दिएन : प्रकाशमान सिंह

२ असोज, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरित केन्द्रिकृत प्रणालीमा अगाडी बढिरहेको आरोप लगाएका छन् । सर्वोच्च कमाण्डर गणेशमानसिंहको स्मृति दिवसमा आयोजित कार्यक्रममा अवसरमा बोल्दै नेता सिंहले दुई तिहाइ बहुमत भएको पार्टी केन्द्रिकृत प्रणालीलाई स्थापित गर्न अगाडी बढिरहेको आरोप लगाएका हुन् ।

संविधान कार्यान्वयनको चरणमा भएपनि सरकारको रबैया केन्द्रिकृत प्रणालीमा जाने गरी अगाडी बढिरहेको उनले बताए । संविधान दिवसका पूर्व सन्ध्यामा नेता सिंहले देश संघीय संरचनामा गएर अहिले स्थानीय र प्रदेश सरकारहरु भएपनि उनीहरुलाई काम गर्न सत्तारुढ दलले बाधा पु¥याइरहेको बताए । जनताहरु कोरोना महामारीको चपेटामा रहेपनि सरकारले उनीहरुलाई सुरक्षित महसुस गराउन नसकेको उनले बताए । महामारीका बेला गुर्नपर्ने न्यूनतम काम समेत सरकारले गर्न नसकेको उल्लेख गर्दै उनले औषधि उपकरण खरिदमा समेत घोटाला गरेर जनताको चित्त दुखाइरहेको बताए ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसकै अवशरमा नेता प्रकाशमान सिहले गणेशमान सिंहको फोटोमा माल्यार्पण गरेका छन् । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.