×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

२८ मंसिर २०८२

२७ मंसिर , काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । आज हुने उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको आयोजकले नजाएको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेस कोड’मा खटिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको छ । टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा ‘एलइडी स्क्रिन’ राखिएका छन् ।

तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी कार्यक्रम स्थलमा राखिएको छ ।

हाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ ।

पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झन्डा राखिने, १० वटा झन्डा सुरुमै फहराइने, एउटा झन्डा रिमोटबाट फहराउने तयारी गरिएको छ । यसै बिच एघारौँ राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि नेकपा एमालेको अन्तिम सचिवालय बैठक शुक्रवार साँझ अबेरसम्म चलेको बैठकले मूख्यगरी तीन वटा निर्णय गरेको छ ।

बैठकले पार्टी विधान संशोधन नगर्ने, सचिवालयकै नेताहरूबाट बन्द सत्र सञ्चालन गर्ने र १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपछि एमालेको पार्टी संरचनामा युवा देखाउनुपर्ने दबाब भएकाले पनि ओली सहितका नेताहरू पदाधिकारी बढाउन चाहन्थे ।

तर सहमति नजुट्दा प्रस्ताव असफल भयो । एमाले बैठकमा ओलीले राखेको प्रस्ताव असफल भएको यो सम्भवतः पहिलो निर्णय हो । प्रतिनिधि थप गर्ने विषयमा ओली र पोखरेल पक्ष बिच सहमति हुन नसकेको हो ।

‘दुवै पक्षबाट नामहरू राख्ने काम भयो, प्रस्तावित नाममै गएर छलफल गर्दा बैठक लामो चल्यो,’ एक पदाधिकारी भन्छन्, ‘साँझ अबेर हुँदा पनि सहमति नजुट्दा अध्यक्ष र वरिष्ठ उपाध्यक्षले टुङ्ग्याउने भनेर उठ्यौ ।’

उनका अनुसार प्रस्तावित नामहरूलाई ओली र पोखरेलले टुङ्ग्याउनेछन् । प्रचार प्रमुख गौतम, सहमतिमै भोलि मनोनीतहरूको नामावली तय हुने बताएका छन् । एमालेमा मनोनीत प्रतिनिधि बन्न चाहनेहरूको पनि ठुलो सङ्ख्यामा छन् ।

नेतााहरुका अनुसार पाँच सय बढीले प्रतिनिधि मनोनीत हुन चाहेका छन् । यही मनोनीत कोटामा निम्ति गुन्डु पुग्ने नेताहरूको ठुलो सङ्ख्या देखिएको थियो । बैठकले गरेको अर्को निर्णय हो, छुट्टै अध्यक्ष मण्डल नबनाउने ।

उपमहासचिव ज्ञवालीका अनुसार १८ जना पदाधिकारी रहने सचिवालयले नै अध्यक्ष मण्डलको काम गर्नेछन् । बाँकी निर्णय भने वरिष्ठ उपाध्यक्ष पोखरेलले ल्याएको प्रस्तावमाथि भएको छ ।

अध्यक्ष पदका प्रत्याशी पोखरेलले आफूले सार्वजनिक गरेको अवधारणा दस्ताबेजलाई हलमै छलफल गरिनुपर्ने प्रस्ताव राखेका थिए । तर पोखरेलको प्रस्तावमा सहमति जुटेन । प्रतिनिधिहरूले पाउने झोलामै अवधारणा पत्र राखेर छलफलमा लैजानुपर्छ भन्ने माग उनले राखेका थिए ।

महाधिवेशन प्रतिनिधिहरूलाई पोखरेलको दस्ताबेज बाँड्ने प्रबन्ध मिलाउने सहमति भएको छ । प्रतिनिधिलाई बाँड्ने मात्र नभएर पोखरेलले बन्द सत्र हलमा आफ्नो अवधारणा प्रस्तुत गर्ने पनि सहमति जुटेको छ ।

एघारौँ महाधिवेशनबाट मनोनीत १०८ जना सहित २,२६२ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् । नेतृत्वका लागि अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवका लागि प्रतिस्पर्धा हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको समूह चुनावी मैदानमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top