×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा एसनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ

२७ माघ २०८१

२७ माघ , विराटनगर।

नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । तिनकुने स्थित पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि उनी संगठनका महासचिव थिए । पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरती लामालाई अखिलबाट बिदा गरिएको थियो। त्यस्तै उपाध्यक्षमा अशोक थापा,कल्याण दाहाल,किशोर टण्डन,भुपेन्द्र शाह,मिलन राई,दिनेश लो,मेघनाथ चापागाईं,डम्बर सिंह,राजकिशोर यादव,नरेश न्यौपाने रहेका छन।

त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए। यसअघि अध्यक्ष रहेकी आरती लामालाई पार्टी अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन (अपानि)मार्फत हटाएर श्रेष्ठलाई जिम्मेवारी दिइएको हो।

श्रेष्ठ माधव नेपाल निकटस्थ हुन्। यसअघि अध्यक्ष रहेकी आरती पार्टी महासचिव घनश्याम भुसाल निकटस्थ थिइन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top