×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेकपा एसमै बिकेन माधव नेपालको बोली

११ भाद्र २०८१

११ भदौ ,काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ । पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो। एसले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा दोहो¥याएर घोषणा भएको थियो।

निर्वाचन हुँदा खनालको समर्थनमा अध्यक्षमा भुसालले दाबी गरेका थिए। उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि लामोसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन।

सहमतिबाट पदाधिकारी चयन गर्ने भनिए पनि पार्टी अध्यक्ष माधव कुमार नेपाल असफल बनेका थिए। पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सहमतिको नाममा समय बर्बाद भएको बताएकी छन् ।

तालिका अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नाम प्रकाशित हुने र दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ ।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन गरिने छ। एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चलेको थियो। निर्वाचनका लागि विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ ।

यस्तै १ महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ । त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।

४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ४ उपमहासचिव पदका लागि लक्ष्मण केसी लगायत २० जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top