Nepal Times
Nepal Times
3
Shares

नेकपा कसको ?: सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने

नेकपा कसको ?: सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वामित्वलाई लिएर चलेको विवादमा सर्वोच्च अदालतले यही फागुन २० गते निर्णय सुनाउने भएको छ । सो विवादको सम्बन्धमा बिहीबार सुनुवाइ सकिएपछि न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोकेको हो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएलगत्तै निर्वाचनमा नेकपाको नाममा दल दर्ता गरिएको थियो । सो भन्दाअघि नै आफूले उक्त नाममा दल दर्ता गरिसकेको उल्लेख गर्दै ऋषिराम कट्टेलले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखिएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई खारेज गरी आफ्नो पार्टीलाई आधिकारिकता दिन माग गरिएको थियो । ,आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.