Nepal Times
Nepal Times
3
Shares

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहद्वारा पदबाट राजीनामा

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहद्वारा पदबाट राजीनामा

३ भदौ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वबाटै घेराबन्दीमा परेको र निर्वाध काम गर्न नपाएको भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश २ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका हुन् ।

उनले जनकपुर पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ । स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.