Nepal Times
Nepal Times
3
Shares

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा

६ माघ, रुकुम पश्चिम ।

राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि  अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।

पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । तोकिएको क्षेत्रभित्र नगर्नु भनिएका गतिविधि गरेको पाइएमा कानुन अनुसार कारबाही हुने प्रजिअ गैह्रेले बताए । यी चार किल्ला भित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी उभिन नपाउने, भेला तथा भीडभाड गर्न नपाउने, बिरामी बोकेका गाडी, खाद्यान्न बोकेका गाडीबाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल नचलाउन भनिएको छ ।

दिनभर नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि राडीबजारमा तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको थियाे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.