×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेकपा विवाद : दुई प्रस्ताव भए के बहुमत-अल्पमतका आधारमा निर्णय हुन्छ ?

६ मंसिर २०७७

काठमाडौँ : चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव लेखन भएको थिएन । यो इतिहास तोडेर नेकपाले पहिलो पटक दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले भिन्दाभिन्दै राजनीतिक प्रस्तावमाथि छलफल गर्ने औपचारिक निर्णय लिएको छ ।

बुधबारको सचिवालय बैठकले कात्तिक २८ मा दाहालले पेस गरेको र दस दिनको समयमा ओलीले तयार पार्ने राजनीतिक प्रस्तावमाथि मंसिर १३ को सचिवालयमा छलफल गर्ने निर्णय छ । दाहालले गम्भीर आरोपसहित लेखेको प्रस्तावको जवाफी प्रस्ताव लेख्ने घोषणा गरेर ओली नेकपाको अन्तरविरोधलाई दस्तावेजीकरण गर्ने विकल्पमा जान तयार भएका छन् । योसँगै नेकपामा दुई अध्यक्षका प्रतिवेदनमाथि पक्ष–विपक्षीको ध्रुविकरण बनाउने बाटो खुला भएको छ ।

राजदूत नियुक्ति, कर्णाली प्रदेशमा तनाव, ‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीको भेट हुँदै अगाडि बढेको नेकपा विवाद थप आक्रामक आरोप–प्रत्यारोपसहितका दुवै प्रस्ताव सचिवालय हुँदै मंसिर १८ मा स्थायी कमिटीमा र मंसिर २५ मा केन्द्रीय कमिटीमा जानेछन् । बैठकमा दुई प्रस्ताव छलफलमा गए भने त्यसलाई टुंगाउने विधिलाई लिएर नेकपामा अहिलेदेखि नै बहस सुरु भएको छ । सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने पहिलादेखिको अभ्यास दुई प्रस्तावसँगै थप बढ्ने निश्चित छ ।

दाहालको प्रस्तावलाई लिएर ओली समूहले धेरै प्रश्न उठाएको छ, यद्यपि ओलीले आफूमाथि लागेका आरोपको एक–एक जवाफ दिने बताएका छन् । तर, सचिवालयमा दुई प्रस्ताव प्रवेश भए र निर्णयमा जाँदा अंक गणितर्फ गयो भने बहुमत–अल्पमतको राजनीति सुरु हुन सक्छ । यद्यपि ओली समूहका नेताहरुले बहुमत–अल्पमत जानै नसक्ने बताएका छन् भने दाहाल–नेपाल समूहका नेताहरु पार्टी यसअघि नै यो प्रक्रियामा गएको बताउँछन् । यसै विषयमा हामीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने स्थायी कमिटी सदस्य बेदुराम भुसाल र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीनिकट मानिने केन्द्रीय सदस्य कर्ण थापासँग कुराकानी गरेका छौं ।

बहुमतको निर्णयमा त पार्टी गइसक्यो–भुसाल

बैठकमा दुई अध्यक्षको सहमतिमा प्रस्ताव ल्याउने भनेको एउटा विशिष्ट अवस्थाको लागि हामीले तय गरेको विधि हो । तर, गत साल मंसिरको स्थायी कमिटीको बैठकमा पनि अध्यक्ष प्रचण्डले एक्लै लेखेर प्रतिवेदन पेस गर्नुभएको थियो । त्यसकारण एउटा अध्यक्षले पेस गर्न सक्दैन भन्ने छैन, होइन । त्यतिबेला अर्को अध्यक्षसँग सामान्य परामर्शमात्रै गरेर प्रतिवेदन लेख्नु भएको थियो । प्रतिवेदनको अलि–अलि विरोध पनि भएको थियो । तर, दुई अध्यक्षबीच त्यसबेला अहिलेजस्तो ठूलो भिन्नता थिएन ।

पार्टी कामको मूख्य जिम्मेवार बनाइएको अध्यक्षले पार्टीमा देखापरेका समस्याबारे लिखित आफ्नो धारणा पेस गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठ्यो । सरकारको कामको प्रतिवेदन प्रधानमन्त्रीले दिने हो । पार्टी कामको मुख्य जिम्मा दिइएको अध्यक्षले लिखित प्रस्ताव ल्याउन पाउँछ कि पाउँदैन ? प्रश्न उठ्यो । यद्यपि विधानमा किटान गरेर प्रस्ताव ल्याउन पाउने वा नपाउने भन्ने छैन ।

तर जिम्मेवारीको हिसाबले जसको जे जिम्मेवारी हो त्यो जिम्मेवारी भएका मान्छेले आफ्नो प्रस्ताव ल्याउन पाउनु पर्‍यो नि भन्ने तर्क छ । तर, त्यसरी ल्याउँदा एउटा पक्षबाट नकारात्मक ढंगले हेरियो । त्यसले समस्या उत्पन्न गर्‍यो । प्रचण्डको प्रस्तावको काउन्टरमा अर्को ल्याउँछु भन्दा त्यसमै अर्को प्रश्न उठ्यो । दुई अध्यक्षमध्ये जुन क्षेत्रको कामको जिम्मा दिइएको हो उसले ल्याएको प्रस्तावमा अर्को अध्यक्षले छुट्टै प्रस्ताव ल्याउने हो भने अर्को जिम्मेवारी लिएको अध्यक्षले प्रस्ताव ल्याउन पाउने कि नपाउने त ? यो जटिल प्रश्न छ

सामान्य हिसाबले तर्क गर्ने हो भने पार्टी कामको जिम्मा लिएको अध्यक्षले पेस गर्नु भएको प्रस्तावमा अब भाषा मिल्यो कि मिलेन, त्यसमा तर्क–वितर्क गर्न सकिन्छ । यो भाषा मिलेन, तपाईंले यसरी ल्याउन हुन्थेन भन्न सकिएला । आलोचनात्मक टिप्पणी गर्न सकिएला । त्यसमा सुधार गर्न सकिएला ।

तर, ल्याउनै हुन्थेन, ल्याएर अपराध गरे भन्ने खालको तर्क एउटा पक्षबाट भएको छ, त्यो गलत हो । त्यसो हो भने बैठक माग गरेबापत आरोप लगाएर जसरी पत्र लेखियो त्यहाँबाट सुरुवात भयो आरोप लगाउने काम । जुन प्रस्ताव बैठकमा ल्याइयो त्यो बाहिर पो लैजान भएन त ।

त्यस्ता प्रस्ताव जसले पनि ल्याउन सक्छ । त्यहाँ प्रचण्डले दुई अध्यक्षको तर्फबाट भन्नु भएको छैन । आफ्नो तर्फबाट ल्याउनु भएको छ । कुनै पनि मान्छेले कुनै पनि लिखित प्रस्ताव राख्न पाउने अधिकार छ, पार्टी बैठकमा । त्यसरी आएको प्रस्तावमा ‘काउन्टर’ प्रस्ताव लेखेर ल्याउने भन्दा त्यहीं आएकोमा छलफल गरेर त्यसलाई परिमार्जन गर्नेतर्फ जानुपर्दथ्यो ।

यदि दुई अध्यक्षको तर्फबाट दुई प्रस्ताव आए भने र भोलि छलफलमा एउटाको प्रस्ताव पास हुने अर्कोको फेल हुने भयो भने के हुन्छ ? त्यतिबेला स्थिति गम्भीर हुन्छ नै ।

पार्टी विधानमा निर्णय प्रक्रियामा जाँदा सकेसम्म सहमतिबाट गरिने छ, सहमति नभएमा बहुमतबाट निर्णय हुनेछ र, बहुमतको निर्णय पार्टी निर्णय हुने भन्ने छ । एकतापछि नै पार्टीमा थुप्रै निर्णय बहुमतबाट भएका छन् । माधव नेपालले तीन पटक लिखित रुपमा फरक मत लेख्दा पनि निर्णय भएको छ । सचिवालयमा एक सदस्य असहमत हुँदा पनि त सर्वसम्मतिको निर्णय भएन । त्यो भनेको बहुमतकै निर्णय हो । सचिवालयका कुनै सदस्य असहमत हुँदा बहुमतको निर्णय नहुने र कुनै व्यक्ति हुँदा भएका निर्णय बहुमतका निर्णय भन्ने त हुन्न । यो गलत तर्क हुन्छ ।

त्यसकारण बहुमतको निर्णय प्रक्रियामा त हामी गइसक्यौं । सुरुमा प्रदेश कमिटीको पदाधिकारी तोक्दा बहुमतको निर्णय प्रक्रियाबाट जाँदा विवाद सिर्जना भएको हो । माधव नेपाल विदेशमा भएको बेला निर्णय भयो, जबकि जानुभन्दा अगाडि तपाईं आएपछि निर्णय गरौंला भनिएको थियो । तर उहाँ नभएको बेला बैठक बस्यो, निर्णय भयो । त्यो निर्णयमा माधव नेपालले फरक मत राख्नुभयो । त्यति बेलादेखि नै पार्टी बहुमतको निर्णयमा गइसकेको हो । यसको प्रारम्भ स्वयं प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सुरु गर्नु भएको हो । उहाँकै प्रस्तावमा ती निर्णय भएका थिए । पछि अरु निर्णय पनि भए ।

त्यसैले बहुमतको निर्णय पार्टी निर्णय हुन्छ । पार्टी निर्णय मानेर बस्नुपर्ने हरेक नेता–सदस्यको कर्तव्य हुन्छ । यदि मानिएन भने पार्टी निर्णय उल्लङ्घन गरेको ठहर्छ । नमानेर वा पार्टी विभाजन नै गरेर गयो भने अलग्गै कुरा हो । तर, यो हदमा जाने स्थिति नबन्ला ।

विधि भनेको सहमति या बहुमतको निर्णय हो । अहिले जे जस्ता पत्र–प्रस्ताव आए यसमा छलफल गरेर अर्को सहमतिबाट जाउँ भन्ने बाटो पनि छ । सहमतिमा जाने भएन, सकिएन र आ–आफ्ना अडानमा रहिरह्यो भने स्वत बहुमत–अल्पमतमा जान्छ । फेरि बहुमतले निर्णय गर्ने र अल्पमतले नमान्ने स्थिति पनि उत्पन्न हुन सक्छ । त्यो भयो भने जटिलतातर्फ जान्छ ।

बहुमत–अल्पमतमा जानु भनेको पार्टीलाई विभाजित गर्नु हो–थापा

प्रस्ताव भनेर प्रचण्ड कमरेडको नाममा आएको छ, यो कुनै प्रस्ताव हैन । गालीगलौज हो । पार्टीको अर्का अध्यक्षविरुद्ध झुटको पुलिन्दा हो । पार्टी विभाजनका निम्ति लिखत तयारी हो । पार्टीको कुनै राजनीतिक प्रस्ताव हैन । त्यहाँ राजनीतिक विषयवस्तु छैनन् । गालीगलौज, आरोप, विरोध र असन्तुष्टि छन् । राजनीतिक प्रतिवेदन आउँदा दुई अध्यक्षको सहमतिमा आउँछ । बैठक बस्दा पनि सहमति चाहिन्छ । विधानको व्यवस्था पनि त्यही हो । पछिल्लो स्थायी कमिटीको निर्णय पनि त्यही हो ।

अब अध्यक्ष केपी ओलीले सचिवालयमा प्रस्ताव लिएर आउँछु भन्नु भएको छ । उहाँको विषयवस्तु राजनीतिक हिसाबले नै आउँछ होला । किनकि प्रचण्डले पेस गर्नुभएको भनिएको प्रस्ताव अध्यक्षले स्वीकार गर्नुभएको छैन । कमिटीले पनि स्वीकार गरेको छैन । त्यो विरोध पत्रलाई हामीले स्वीकार गर्दैनौं । आरोप लगाएपछि त्यसलाई प्रस्ट पार्ने काम त गर्न नै पर्‍यो । उहाँ (ओली)ले छुट्टै प्रस्ताव ल्याउँछु भन्ने मनशाय छैन ।

तर, प्रचण्ड कमरेडले लिखित रुपमा पेस गर्नुभएको विषयमा छलफल गर्ने ठाउँ छैन । बैठक भनेको कसैको विरोध गर्न, अपमान गर्न, तेजोबोध गर्न हैन । बैठकमा छलफल पार्टी काम र सरकारको समीक्षा गर्ने हो । परिस्थितिको विश्लेषण हुनुपर्‍यो । त्यहाँ कुनै समस्या छन् भने उठान हुनुपर्‍यो । ती समस्यालाई यसरी समाधान गर्नुपर्छ भन्ने प्रस्ताव हुन्पर्‍यो । तब न त्यो विषयमा छलफल हुन्छ । त्यसलाई प्रस्ताव भनिन्छ । अध्यक्ष केपी ओलीको त्यस हिसाबले आउँछ होला ।

तर, अहिले प्रचण्डले पेस गरेको पार्टी विभाजनको कोसिस हो । यो सचिवालयका पाँच जनामात्रै हैन, भीम रावल र सुरेन्द्र पाण्डेको पनि सहभागितामा तयार पारेको भन्ने छ । त्यहाँभित्र जे जस्ता विषयवस्तु छन्, त्यो पार्टी फुटकै लागि ल्याइएको हो । यसलाई सम्पूर्ण कम्युनिष्ट आन्दोलनलाई कलंकित पार्ने रुपमा लिएका छौं ।

अहिले बहुमत अल्पमतमा जान नै मिल्दैन । ,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top