Nepal Times
Nepal Times
3
Shares

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

१३ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेस गर्दै छन् ।

१० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्।

जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.