×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेदरल्यान्ड्ससामु नेपाल निरीह, १६७ रनमै अलआउट

९ असार २०८०

९ असार, एजेन्सी ।
आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम तथा निर्णायक खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १६७ रनको योगफल तयार पा¥यो । नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले ३३ बलमा ४ चौकासहित २७ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेलले २७, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए । थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्सन झा १५ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा विक्रम जित सिंह र बास दि लिडले समान २–२ विकेट लिए। त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दतले समान १–१ विकेट लिएका थिए । आजको खेलमा नेपाललाई ‘सुपर सिक्स’मा पुग्नका लागि जितबाहेकको विकल्प छैन । नेपाल पराजित भएमा नेदरल्यान्ड छनोट हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top