१४ चैत, काठमाडौं ।
दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको छ। स्वास्थ्य मन्त्रालयले पत्रकारसम्मेलन गरी यस्तो जानकारी गराएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । स्वाबको नमुना परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको देवकोटाले बताए ।
यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जना उपचाररत छन् ।