Nepal Times
Nepal Times
3
Shares

नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा

नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा

९ मंसिर, काठमाडौं । नेपालकी १८ वर्षीया सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ ।

१८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आएकी छन् । म्याग्दी घर भएकी सपना पढाइका लागि काठमाडौं आएकी थिइन् । यहाँ आएपछि उनले बेवारिसे लाश जलाउने गरेको देखेपछि आफूले पनि यही काम थालेको बताउँछिन् ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताएकी छन् । साथीभाईको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको अनुभव सुनाउँदै उनले भनिन्, ‘एसएलसीपछि साथीभाइको लहलहैमा लागेर विश्वासघातमा परेर सडकमा पुगेको थिए । तर अहिले म त्यो ठाउँमा छैन, जुन ठाउँमा म हुन्थ्ये । म अहिले धेरै खुशी छु । यो कामले मलाई आफ्नै परिचय दिएको छ ।’

२०७३ सालमा म्याग्दीमा एसएलसी सकेकी उनी त्यसपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भएकी थिइन् । तर, त्यसपछि साथी संगतमा परेर उनी काठमाडौं आएकी थिइन् । अहिले आफूले राम्रो कामको सुरुवात गरे पनि केहीले विगतलाई सम्झाएर आलोचना गर्ने गरेको उनी बताउँछिन् ।

बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेत समेटेको हो । बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो ।

यो सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.