×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

२ मंसिर २०८२

१ मंसिर, काठमाण्डौ।

नेपालको स्वाभिमान र पहिचानको प्रतीक बन्न सफल नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग एनपीएलको दोश्रो संस्करण आजबाट सुरू हुँदैछ। नेपाली दर्शकले पहिलो पटक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित प्यारापिट र फ्लड लाइटसहितको अत्याधुनिक क्रिकेट रंगशालामा बसेर एनपीएलका खेलहरु हेर्नेछन् ।

यसअघिका क्रिकेट प्रतियोगिता रुखमाथि चढेर क्रिकेट हेरिरहेका क्रेजी क्रिकेट प्रेमीहरुको तस्विर सायद यसपटक विश्वभर भाइरल हुने छैन् । १० हजार दर्शकसहित १३ हजार मानिसहरुले प्यारापिटसहितको दर्शकदीर्घाको सिटमा बसेर एनपीएलका खेलहरु हेर्नेछन् ।

खाली भिरालो चौरबाट प्यारापिटसहितको आधुनिक रंगशाला बनेपछि यसको जस लिने होडपनि सुरु भएको छ । पूर्ववर्ती सरकारहरुको नेतृत्वमा रहेका दलका नेता कार्यकर्ताहरुले आफ्ना सर्वाेच्च नेताको पहलमा नै रंगशाला बनेको भन्दै सामाजिक संजालमा खुशी ब्यक्त गरिहेका छन् ।

शहरी विकासमन्त्री कुलमान घिसिङले फ्ल्ड लाइटसहितको त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियम नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गर्दै उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताए ।

मन्त्रालयले स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान) लाई आईतवार साझ हस्तान्तरण ग¥यो । उक्त कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए ।

एनपिएल आयोजना शुरु हुनुअगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताए । मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

उनले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवी मैदानको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताएका छन् । २÷३ वर्षभित्र यो रंगशाला निर्माणले पूर्णता पाउने र क्रिकेट समर्थकले खुसी पाउने उनले आशा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौता म्याद वैशाख २०८३ मा सकिँदैछ । गत असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिइसकेको छ । सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार भने यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गरिने छ ।

यो निर्णय सुशीला कार्की नेतृत्वको सरकारले गरिसकेको छ। चैत २०७९ मै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा कीर्तिपुर मैदानमा फ्लड लाइट जडान प्रक्रिया अगाडि बढाइएको थियो । त्यो कामले गति लिन सकेन ।

अहिले रंगशाला तयार भएपछि प्रचण्डले आफूले गरेको पहलको स्मरण गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, नेपालको स्वाभिमान र पहिचानको प्रतीक बन्न सफल नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता—नेपाल प्रिमियर लिग (ल्एी) को दोश्रो संस्करण आजबाट सुरू हुँदैछ।

यस सुखद अवसरमा प्रतियोगितामा सहभागी सबै टिम, नेपाल क्रिकेट संघका पदाधिकारी, व्यवस्थापक तथा विश्वभर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आज शुभकामना दिइरहँदा मलाई २०७९ चैत २ गतेको कीर्तिपुरस्थित खेल मैदान झल्झली सम्झनामा आइरहेछ ।

त्यो दिन युएईविरुद्ध आईसीसी विश्वकप लिग–टुको अन्तिम खेलमा हामीले ऐतिहासिक जीत हासिल गरेका थियौँ। तर जीतको खुसीसँगै खेलमैदानको दुरावस्थाविरुद्ध दर्शकहरूको आक्रोश पनि उस्तै थियो । त्यस दिन खेल हेरेर फर्कँदा मनमा मिश्रित भावना थियो।

भोलिपल्टै, बालुवाटारमा विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै मैले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने निर्देशन राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थिएँ।

सोही अनुसार वार्षिक बजेट विनियोजन भएर काम सुरु भयो। तर कानुनी, प्राविधिक र प्रशासनिक अनेक कारणले निर्माणको काम समयमै पूरा हुन सकेन। उनले थप लेखेका छन्, अघिल्लो सरकारले सोही कार्यलाई निरन्तरता दियो ।

सरकारबाट बाहिरिएपछि प्रतिपक्षी दलको नेताकै हैसियतमा समेत मैले संसदबाट यस विषयमा निरन्तर खबरदारी गर्दै आएँ । अन्ततः आज एनपीएलको दोश्रो संस्करण हामीले फ्लडलाइट जडित स्टेडियममा हेर्ने गौरव प्राप्त गरेका छौं ।

यसका लागि नेपाल सरकार, राखेप, क्यान, खेलाडी, क्रिकेटप्रेमी दर्शक लगायत सबैको सकारात्मक पहल प्रशंसनीय छ।क्रिकेटले विश्व समुदायमा नेपालको स्वाभिमान उँचो बनाएको छ। यो संस्करणले नेपाली क्रिकेटको विकास, विस्तार र पेशागत उचाइमा नयाँ ऊर्जा थपोस् भन्ने हार्दिक कामना गर्दछु।

साथै, राष्ट्रिय गौरवका रूपमा घोषणा भएका अन्य रंगशालाहरू पनि सरकारले यथाशीघ्र निर्माण कार्य अघि बढाओस् भन्ने आग्रह गर्दछु। प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै ३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय गरेको थियो ।

सोही बैठकले रंगशालामा दर्शक बस्ने प्यारापिट, रात्रिकालीन खेलकुदका लागि फ्लड लाइट र अन्य संरचना बनाउने तथा त्यस कामका लागि ३ सय दिनको समयसीमा समेत निर्धारण गरेको थियो । तर, समयसीमा अनुसार काम भने हुन सकेन ।

पछिल्लो पटक फागुन २०८१ मा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न ठेक्का लागेको थियो । २४ वैशाख २०८२ भित्र काम सक्ने गरी सुरुमा सम्झौता भए पनि पुनः म्याद थप्दै कामलाई तीव्रता दिइएको थियो ।

यस रंगशालामा ४३ करोड ७७ लाख लागतमा प्यारापिट निर्माण गरिएको छ । जसको क्षमता १० हजार सिट बराबर छ । बीकेओआई केसीडीसी बिजी जेभीले प्यारापिट निर्माण गरेको हो । फ्लड लाइट जडानको काम विशाण–ईश्वरी जेभीले गरेको हो ।

जसको लागत ४२ करोड १९ लाख रुपैयाँ छ । सहरी विकास मन्त्रालयका अनुसार प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम समयमै नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना समेत लगाउनु परेको थियो ।

पूर्वसर्त र सम्झौता अनुसार कुल रकमको शून्य दशमलव ५ प्रतिशत दैनिक हर्जाना तिराएर काम गराइएको हो । यस्तो रकम दैनिक २ लाख हाराहारी हुन आउँछ । मन्त्रालयले ३२ असारमा सार्वजनिक गरेको विवरण अनुसार निर्माण कम्पनीलाई त्यही बेलादेखि दैनिक हर्जाना लगाउन थालिएको थियो ।

पछिल्लो समय सहरी विकासमन्त्री घिसिङले २३ असोजमा कीर्तिपुर मैदानको स्थलगत अवलोकन गर्दै क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकता दिएको बताएका थिए ।

सोही क्रममा उनले छिटोभन्दा छिटो काम सम्पन्न गरी आयोजना हस्तान्तरण गर्नसमेत निर्माण कम्पनीलाई निर्देशन दिए । उनले यस मैदानमा दोस्रो चरणको काम समेत छिटोभन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल भित्रै अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सक्ने स्थितिमा पूर्वाधार पु¥याउने उनले बताएका छन् । रंगशाला हस्तान्तरण कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्दले अब यो संरचना बनेसँगै नेपालमा पनि ‘डे–नाइट’ क्रिकेट खेल सम्भव भएको बताए ।

यसका लागि उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद दिए । तत्कालीन सरकारले १० महिनाको समयसीमा तोकेकै कारण तुलनात्मक रूपमा छिटो आयोजना सम्भव भएको उनले बताए ।

उनले दोस्रो चरणको कामका लागि नयाँ सरकारले गरेको निर्णयप्रति समेत आभार व्यक्त गरे ।  कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव टंकलाल घिसिङले यो आयोजनाको काम छोटो समयमा काम सम्पन्न गर्न खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त पहलमा सम्भव भएको बताए ।

उनले रंगशालामा भएको लगानी खेलकुदमा भएको पहिलो यात्रा भन्दै उनले यो अब विस्तार हुने अपेक्षा गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top