Nepal Times
Nepal Times
3
Shares

नेपालको अहिलेसम्मकै ठूलो स्कोर, भुर्तेल र मल्लको अर्धशतक

नेपालको अहिलेसम्मकै ठूलो स्कोर, भुर्तेल र मल्लको अर्धशतक

११,बैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । उनको यो सिरिजमा चौथो अर्धशतक हो । कुशल मलले पनि अर्धशतक प्रहार गरे ।

उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए । सेबस्टियान ब्राटले एक विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.