×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालको पहिलो ओडीआई क्रिकेट नेदरल्यान्ड्ससँग !

१० जेष्ठ २०७५

विराटनगर,जेठ १० ः नेपालले एक दिवसिय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना बढेको छ ।


नेपालले नेदरल्यान्ड्सलाई एक दिवसिय खेलका लागि प्रस्ताव गरेको नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाट्टाकाले बताए ।

इंग्ल्यान्डको लड्र्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरलयान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एक दिने टि–ट्वान्टी त्रिकोणात्मक श्रृखंला हुँदैछ । उक्त शृंखलामा नेपाल र नेदरल्यान्ड्सको खेल टि–२० अन्तर्राष्ट्रिय हुनेछ ।

त्यसलगत्तै नेदरलयान्ड्स र नेपालबीच २ खेलको ओडीआई शृंखलाको लागि क्रिकेट खेल्ने गरि नेपालले प्रस्ताव पठाएको प्रशिक्षक टमाटाले जनाएका छन् ।

उनले भने ‘लर्डसमा त्रिकोणात्मक श्रृखंलाको तय भएलगत्तै हामीले नेदरल्यान्ड्ससँग एक दिवसिय खेल्नका नेपालका लागि आइसीसी प्रतिनिधि भावना घिमिरे मार्फत प्रस्ताव पठाएका हौं,’

नेदरल्यान्ड्सका केहि सञ्चारमाध्यमले भने नेपाल र नेदरल्यान्ड्सबीच अगस्टको १ र ३ मा एक दिवसिय खेल हुने उल्लेख गरे पनि खेल खेल्ने नखेल्ने भन्नेबारेमा औपचारिक जानकारी नआएको प्रशिक्षक टमाटाले बताए ।

केहि महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपालले अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भएपनि नेपालले चार वर्षको लागि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको थियो ।

त्यसपछि नेपालले खेल्ने एकदिवसिय खेलबारे औपचारिक सूचना केहि प्राप्त भएको छैन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top