×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालको विश्वकप सपनाः आज जापानसँग भिड्दै

२४ आश्विन २०८२

२४ असोज , काठमाण्डौ ।

ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा शानदार सुरुवात गरेको नेपालले आज आफ्नो दोस्रो खेलमा जापानसँग खेल्दैछ। नेपाल र जापानबीच आज अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ।

समूह २ मा रहेको दुवै टोलीले एक÷एक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो खेलमा कुवेतलाई पराजित गरेका थिए । आज हुने खेलबाट समूह विजेता र उपविजेताको निक्र्योल हुनेछ।

जापानले बिहीबार कुवेतले दिएको १७८ रनको फराकिलो लक्ष्य पूरा गर्दै ५ विकेटले पराजित गरेको थियो। बुधबार नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो। आज हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।

किनभने यो खेलको अंक सुपर–६ मा पनि गनिनेछ। छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

सुपर–६ पछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ। एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।

तीन समूहका शीर्ष २–२ टोली गरी सुपर–६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्। यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर–६ मा प्रतिस्पर्धा हुनेछैन।

त्यसैले समूह चरणको जित पनि सुपर–६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर–६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर–६ मा गनिनेछ। शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ।

भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिज २–१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ। १७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी–२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

दुई खेलमा लगातार पराजित हुँदै कुवेत भने प्रतियोगिताबाट बाहिरी सकेको छ । आईसीसी पुरुष टी–२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछ । आज पहिलो खेलमा पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन् ।

विश्वकप छनोटमा नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान)सहित कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी रहेका छन् ।

नेपालका ओपनर कुशल भुर्तेल लय पक्रिएका छन्। बलिङमा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई–दुई विकेट लिएपछि टोलीको सन्तुलन अझ बलियो बनेको छ। पौडेलको कप्तानीमा टिममा ब्याटिङ र बलिङ दुवैमा स्पष्ट विश्वास देखिन्छ।

तर, जापान पनि अब कमजोर विपक्षी होइन। कुवेतमाथि ५ विकेटको जितपछि केन्डल काडोवाकी फ्लेमिङको टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ। इसाम रहमानको ६४ रन र डेक्लन सुजुकी म्याककोम्बको ३ विकेटले जापान पनि नेपालसँगै सुपर सिक्समा पुगिसकेको छ।

दुवै टोली सुपर सिक्समा पुगिसके पनि समूह विजेताको टुंगो आजको नतिजाले निर्धारण गर्नेछ। नेपाल र जापान पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा आमनेसामने हुन लागेका हुन्।

नेपाली टोलीका लागि यो नयाँ चुनौती मात्र होइन, आफ्नो उदीयमान प्रभुत्व पुष्टि गर्ने अवसर पनि हो। यो खेल समूह चरणको सबैभन्दा प्रतिक्षित खेल बन्न पुगेको छ। आइसीसी वरीयतामा भने जापान नेपाल भन्दा निक्कै तल छ ।

आइसीसी टि २० वरीयतामा नेपाल १८ औं स्थानमा छ भने जापान ४३ औं स्थानमा रहेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top