Nepal Times
Nepal Times
3
Shares

नेपालद्धारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत

नेपालद्धारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत

एजेन्सी, कात्तिक २५ ।
भारतमा जारी यू–१९ च्यालेन्जर सिरिजमा नेपाली यू–१९ टोलीले भारतको यू१९ सी टोलीलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपाल ३२.१ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वा्धिक २६ रनको योगदान दिए । दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए ।

छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।

तर १६ ओभरको तेस्रो बलमा ऐरी मुजतबा यूसूफे १३ रनमा कुमार कशाग्रबाट क्याच आउट हुन पुगे । ऐरीले ३१ बलमा १ चौका प्रहार गरे । १७ ओभरको पहिलो बलमा कुशल मल्ल स्टम्पिङ आउटको शिकार हुन पुगे । कुशलले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ७ रनमा क्याच आउट भए । शेर मल्लले २६ बलमा १ चौका सहित १४ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे ।

भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले समान २ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.