Nepal Times
Nepal Times
3
Shares

नेपालबाट कतार र चीनको ग्वान्जाउ उडान हुने

नेपालबाट कतार र चीनको ग्वान्जाउ उडान हुने

४ जेठ, काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक/एक उडान गर्ने निर्णय गरेको हो । यद्यपी उडान कहिलेबाट गर्ने भन्ने मिति भने खुलाइएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.