Nepal Times
Nepal Times
3
Shares

नेपालमा आज थपिए ४६० संक्रमित, थप ५ जनाको मृत्यु

नेपालमा आज थपिए ४६० संक्रमित, थप ५ जनाको मृत्यु

३१ चैत, विराटनगर । नेपालमा एकैदिन थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ९८४ पुगेको हो ।

यस्तै, २४ घण्टामा १५३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट आज थप ५ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

त्यस्तै ३ हजार ६ सय ८ जना सक्रिय संक्रमित र ८५ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख २१ हजार ६ सय ७० पीसीआर परीक्षण भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.