×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा कतारी राजाको सुरक्षामा सेना, ड्रोनदेखि डगसम्म

११ बैशाख २०८१

११ वैशाख , काठमाण्डौ ।

कतारी आमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउँदैछन् । शेख तमिम बंगलादेशको भ्रमणपूरा नेपाल आउने भएका हुन् । उनको स्वागत सम्मानका लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति रामचन्द्र पौडेल उनलाई स्वागत गर्न विमानस्थल जानेछन् ।

उनको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा हुने भएको छ। उनी नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन्। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताएका छन् ।

आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ। सुरक्षाको प्रमुख जिम्मा सेनाको हुने भए पनि आवश्यकताअनुसार अन्य सुरक्षाफौज पनि परिचालन हुनेछन्।

बलाधिकृत रथी सिग्देलको कमाण्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरीका एआईजी र सशस्त्र प्रहरीका एआईजी पनि रहनेछन्। यस्तै आवश्यकता अनुसार उपसमितिहरु बनाइएको छ। यता जिल्ला सुरक्षा समितिले पनि आमिरको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यन्वयनमा ल्याइसकेको छ।

भीभीआईपीको सुरक्षा हेर्ने नेपाली सेनाको निर्देशनालयका कर्णेलसँग समन्वय गरेर सुरक्षा योजना लागू गरिएको प्रशासनले बताएको छ। काठमाडौं भित्रिने नाकाहरुमा पनि विशेष जाँचको व्यवस्था मिलाइएको छ। आमिरको सुरक्षाका लागि ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ।

आमिर नेपाल उत्रनु १५ मिनेट पहिले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प पारिने भएको छ। सुरक्षाकै लागि उनी अवतरण गरेको १५ मिनेटपछि मात्रै अन्य विमानको उडान अवतरण सुचारु हुनेछ। सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका राजा थानीलाई बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

बंगलादेशले राजा थानीलाई २१ तोपको सलामी दिएर सम्मान गरेको छ । उनलाई बंगलादेश वायु सेनाका ४ युद्ध जहाजले हवाई स्कर्टिङ गरेको कतारी दैनिक गल्फ टाइम्सले लेखेको छ । भ्रमण टोलीमा कतार सरकारका ६ जना मन्त्रीहरु पनि सामेल हुनेछन्। उनी बुधबार स्वदेश फर्किनेछन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top