×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

५ भाद्र २०८१

५ भदौ, विराटनगर ।

संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिँदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ ।

अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो । उमेरले ७८ पुगिसकेका ट्रम्प पुनः एकपटक राष्ट्रपतिमा दोहोरिन खोज्दै छन् ।

राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्, ट्रम्प । अघिल्लो निर्वाचनमा भने ट्रम्पले डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजय भोग्नुपरेको थियो । आफू राष्ट्रपति भएकाबेला ट्रम्पले सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै रुष्ट व्यवहार देखाएका थिए ।

पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीकै नेताहरू पनि खुशी थिएनन् । उनले बाइडेनलाई राष्ट्रपतिका रुपमा स्वीकार्न समेत निक्कै समय लगाएका थिए । त्यै पनि यसपाली राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका ट्रम्पले चुनावी अभियानलाई युद्धस्तरमा अगाडि बढाइरहेका छन् ।

ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस भने डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी दाबेदार हुन् । हालैमात्र राष्ट्रपति बाइडेनबाट डेमोक्रेटिक पार्टीको जिम्मेवारी पाएकी ह्यारिसले अमेरिकाकी वर्तमान उपराष्ट्रपति पनि हुन् । सन् २०२१ यता उपराष्ट्रपतिको भूमिकामा छिन्, ह्यारिस । अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति पनि हुन्, उनी ।

हालका डेमोक्रेट राष्ट्रपति बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट खुट्टा झिकेपछि मौका ह्यारिसले पाएकी हुन् । बाइडेनको साथ र समर्थनले बलियो उम्मेदवार बनेकी ह्यारिसलाई पूर्व राष्ट्रपति बाराक ओबामाले पनि खुलेर साथ दिएका छन् । पूर्वराष्ट्रपतिद्वय बाइडेन र ओबामाको समर्थनबाट हौस्सिएकी ह्यारिसले पनि राष्ट्रपतिको निर्वाचनका लागि कम्मर कसेर चुनावी अभियानलाई अगाडि बढाएकी छन् ।

राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा, मतदातालाई आकर्षित गर्न उनीहरूले विभिन्न रणनीतिहरू अपनाइरहेका छन् । ट्रम्प र ह्यारिस दुवैले स्वास्थ्य सेवा, रोजगारी र सुरक्षाजस्ता मतदाताका प्राथमिक विषयहरू वा लोकप्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने बाचासहित उनीहरूको ध्यान केन्द्रित खोजिरहेका छन् ।

ट्रम्पले धेरै आक्रमक र थोरै भावनात्मक रूपमा मतदातालाई रिझाउन खोजिरहेका छन् । गत जनवरी ६ मा पेन्सिलभेनियामा चुनावी र्‍यालीमा भएको ट्रम्पमाथिको हमलालाई पनि कतिपयले चुनावी प्रचारकै रूपमा अर्थ्याइरहेका छन् । तथापि, यसको आधिकारिक पुष्टि भने भएको छैन ।

त्यसबाहेक ट्रम्पले ह्यारिस र उनको समर्थनमा उभिएका बाइडेनमाथि राजनीतिक हमलाहरू गरिरहेका छन् । बाइडेन सरकारको कमजोरी खोजेर आलोचना गर्नेदेखि लिएर उनीहरूकै योग्यतामा प्रश्न तेर्स्याउने काममा ट्रम्प र उनका समर्थक लागिपरेका छन् । पटक–पटक बाइडेनको राजीनामा मागिसकेका ट्रम्पले आफ्नो चुनावी सन्देश फैल्याउन सामाजिक सञ्जाल ‘एक्स’ मा प्रत्यक्ष दखल राखेका छन् भने अरू परम्परागत मिडियाहरूको पनि उत्तिकै प्रयोग गरिरहेका छन् ।

आफू राष्ट्रपतिमा निर्वाचित भए खर्बपति व्यापारी एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको योजना छ । न्युज एजेन्सी रोयटर्ससँग कुराकानीका क्रममा ट्रम्पले टेस्लाका मालिक मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् । टेस्ला र स्पेस्क एक्सका मालिक मस्क र ट्रम्पबीचको दोस्ताना पछिल्लो समय खुबै जमेको छ ।

उनीहरूले हालै सामाजिक सञ्जाल एक्समा निकै लामो भलाकुसारी गरेका थिए । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थनमात्रै गरिरहेका छैनन्, बाइडेनप्रति लक्षित हुँदै आप्रवासन, विद्युतीय सवारी साधन र शुल्कलगायत विषयमा खुलेर आलोचना गरिरहेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मा दैनिक सक्रियकर्ताको संख्या २५० मिलियन छ, जसबाट ट्रम्पको चुनावी प्रचार–प्रसार व्यापक प्रभावकारी हुन सक्छ ।

यता, ट्रम्पकी प्रतिद्वन्द्वी ह्यारिसले भने भावनात्मक रूपमा आफ्नो प्रचार–प्रसार गरिरहेकी छन् । विशेषतः उनका लागि राष्ट्रपति बाइडेन स्वयम् ‘इमोसनल्ली’ खटिइरहेका छन् भन्दा फरक नपर्ला । सोमबार पार्टीको अधिवेशनबाट बिदाइ हुँदै गर्दा भावुक बनेका उनले ह्यारिसको खुलेरै प्रसंशा गरेका थिए ।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास थिएन। यसैले रंगभेदको अन्त्यका लागि भन्दै ह्यारिस र उनका समर्थक अफ्रिकी–अमेरिकी समुदायको समर्थन प्राप्त गर्न बेजोडले लागिपरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अफ्रिकी मूलका अमेरिकीहरूको करिब १३ प्रतिशत भोट रहेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top