Nepal Times
Nepal Times
3
Shares

नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी

नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी

काठमाडौं : कोरोना भाइरसको नयाँ प्रजातिरभेरियन्ट संक्रमण नेपालमा पनि देखिएको छ। आनुवंशिक गुण परिवर्तन गरेको नयाँ भाइरसबाट एक महिलासहित तीन जना संक्रमित भएका हुन्। उनीहरू केही समयअघि नयाँ भाइरसको उद्गमस्थल बेलायतबाट स्वदेश फर्किएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा आरटी पीसीआर नेगेटिभ भइसकेको जानकारी दिए। ६७ वर्षीय पुरुष पोजिटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता डा। गौतमको भनाइ छ।

बेलायतबाट फर्किएका नेपालीलाई निगरानीमा राखी ६ वटा नमुनाको परीक्षण गरिएको थियो। तीमध्ये तीनवटा नमुनामा एस जिन टार्गेट नेगेटिभ देखिएको थियो। भाइरसको नयाँ प्रजाति होरहोइन भन्ने पुष्टि गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

‘उक्त नमुनाको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई इमेलमार्फत २०७७ माघ ५ गते प्राप्त भएको र तीन जनामा ९२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष०मा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको पुष्टि भएको छ’, मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ। यीमध्ये दुई जना बेलायत नै फर्किसकेको पाइएको छ ।

प्रवक्ता डा। गौतमले बेलायतबाट फर्किएकामध्ये ६ जनामा कोरोना पोजिटिभ देखिएकामा तीन जनामा नयाँ भाइरस पाइएको खुलाए।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.