Nepal Times
Nepal Times
3
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ५७० संक्रमित थपिँदा ३,१६८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५७० संक्रमित थपिँदा ३,१६८ जना डिस्चार्ज

११ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ४० हजार ६ सय ८१ जना छन् ।

त्यसैगरी २ हजार ९ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.