Nepal Times
Nepal Times
3
Shares

नेपालमा मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्ति कारबाहीमा

नेपालमा मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्ति कारबाहीमा

२५ साउन, काठमाडौं ।
कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार जना पक्राउ परेका छन् । त्यस्तै अनुमती बिना काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले आईतबार विज्ञप्ति जारी गर्दै तोकिएको निर्देशन विपरीत चलाउने १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन होल्ड गरिएको तथा जोर विजोर प्रणाली विपरीत चलाउने ५ हजार ३ सय सवारी साधन नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको जनाएको छ । कारबाही गर्ने क्रम निरन्तर चलिरहेको जनाउँदै मन्त्रालयले कोरोना रोकथामका लागि आगामी दिनमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.