×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विगुल फुक्ने कालीबाबा को हुन् ?

४ भाद्र २०८१

४ भदौ , काठमाण्डौ ।

नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक संवैधानिक ब्यवस्थामा प्रवेश गरेपछि नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र नेपालको संविधान २०७२ अनुशार विधिवत रुपमा इतिहास बनिसकेका छन् । तर अझै न हिन्दु राष्ट्र घोषणा हुनु पर्ने आवाज बन्द भएको छ नत राजतन्त्रकै । विशेष गरी जनमतबाटै देशको राष्ट्रिय दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अझै नेपाललाई हिन्दु राष्ट्र र राजासहितको नेपालको वकालत गरिरहेको छ ।

पछिल्लो समय त झन हिन्दु राष्ट्रका लागि अन्य ठूला दलका शीर्ष नेताहरु नै खुलेरै बोल्न थालेका छन् । तर गणतन्त्रका लागि लडेका नेताहरु भन्छन् मसान घाटमा पुगिसकेको राजसंस्थाको नलिखुट्टा फुकेर नेपालमा अब राजतन्त्र आउँदैन् । तर राप्रपाले सदन देखि सडकसम्म राजतन्त्र र हिन्दु राष्ट्रको नारा लगाउदै आएको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहले समेत धार्मिक तीर्थाटनकै अवसरमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गणतन्त्रमा आफ्नो स्थान खोज्दै आएका छन् ।

नेपालको यस्तो परिस्थितीका बीच भारतमा पुगेर कालीदास बाबाका रुपमा आफ्नो बृहत छवि बनाएका धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेताहरुले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने उद्घोष गरेका छन् । मंगलबार भारत जानुअघि पत्रकार सम्मेलन गर्दै उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताएका छन् ।

पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् । नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोधसमेत गरे ।

उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’ नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ । उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन् ।  मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन ,गाई काट्न पाइँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन ।’

उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए । भारतलाई आफ्नो प्रमुख आश्रयस्थल बनाएका कालीदासको जन्म भने ओखलढुङ्गामा भएको थियो । २०१८ साल मङसिरमा ओखलढुङगाको वर्णुलु १ सानीटारका मनोहर दाहालको जेठो छोराका रुपमा जन्मिएका कालीदास दाहाल नै अहिलेका चर्चित कालीबाबा हुन ।

उनका दुई भाइ र दुई बहिनी छन् । कालीदासले स्थानीय श्री राज्यलक्ष्मी प्राविमा पाँच कक्षासम्म अध्ययन गरेका थिए । २०३१ सालमा पाँच कक्षा पास गरेर स्कूल छाडेका कालीदासले त्यसपछि कतै पढेको नसुनेको अवकाशप्राप्त शिक्षक परशुराम गुरुङले बताएका थिए । तर पछि उनी अमृतसाइन्स क्याम्पसमा प्राध्यापक ठूलो साधु र राजपण्डितका रुपमा चर्चामा आएका थिए ।

उनका बाबु मनोहर खेतीकिसानी बाहेक गाउँमा झारफुकको काम गर्थे । तर कालीदासले आफ्नो वेबसाइटमा आफ्नो बाबुलाई ज्योतिसशास्त्रको विधावारिधिसहित डा. मनोहर दाहालका जेठा छोराको रुपमा परिचय गराएका छन । आफू श्री १००८ बाबा कालीदासजी महाराज श्रीकृष्णनन्द परमहंस भएको दाबी गर्ने उनले वेबसाइटमा उल्लेख छ ।

उनको वेबसाइट डब्लुडब्लुडब्लु डट बाबाकालीदासधाम डट कममा कालीदासले आफ्नो जन्ममिति सन् १९३८ वि.सं १९९४ उल्लेख गरिएको छ । जुन बास्तविक जन्ममितिसँग मेल खादैन् । कालीदासले खासगरेर तन्त्रविद्यामा तत्कालीन राजा ज्ञानेन्द्रको रुचिलाई समातेर २०५८ अघि नै राजपरिवारसँग सम्बन्ध बनाएको बताइन्छ ।

सबै कुरा जाने झै गरेर निर्धक्क अघि सर्ने स्वभावका उनले किशोर अवस्थामै सिकेको ज्योतिस विद्यालाई भारतमा बढाएका थिए । त्यही क्रममा उनले होम गरेपछि प्रफुल्लकुमार महन्तआसामको मुख्यमन्त्री बन्ने संयोग जुरेको थियो । त्यसपछि नै कालीबाबाको चामत्कारिक क्षमता रातारात फैलिँदै नेपालको दरबारसम्म आइपुगेको थियो ।

कालीबाबाले ज्ञानेन्द्र शाहको शासन टिकाउन मात्र होइन उनका छोरा पारसलाई कुलतबाट बचाउन पनि अनेक होमहोमादी गरेका थिए । २०६६ मा नेपाल आएका बखत उनले बिभिन्न खेमाका सम्भ्रान्त धर्मभीरुहरुलाई भेला गरेर हिन्दूराष्ट्र स्थापना गर्छु भन्दै पशुपतिको वनकालीमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए ।

शाही शासन टिकाउन उनले २०५९÷६० को अवधिमा थुप्रै यज्ञ र तन्त्रमन्त्र गरेका थिए । जसमा ज्ञानेन्द्र शाह स्वयम् पनि उपस्थित हुन्थे । राजशत्रु नास गर्न नागार्जुन दरबारमा एक हजार एक सय किलो खोर्सानीको होम गरेका कालीबाबा ज्ञानेन्द्रकै भाकल पूरा गर्न हेलिकप्टरमा कैलाश मानसरोवर पुगेका थिए ।

सङकटकालमा राजतन्त्रको स्थायित्वका लागि खोटाङको हलेसी ताप्लेजुङको पाथीभरा र गोर्खा दरबारमा तान्त्रिक पूजापाठ गर्ने पनि कालीबाबा नै थिए । गोर्खाको गोरखकाली मन्दिरमा उनले ११ जेठ २०६१ देखि ११ दिन गरेको होममा ज्ञानेन्द्र शाह उपस्थित थिए भने पाथीभरामा गरिएको नौदिने होममा तत्कालीन युवराज पारस सामेल भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top