Nepal Times
Nepal Times
3
Shares

नेपालमा २५ लाखले लगाए कोरोना विरुद्धको खोप, बाँकीलाई कहिले ?

नेपालमा २५ लाखले लगाए कोरोना विरुद्धको खोप, बाँकीलाई कहिले ?

१ जेष्ठ, काठमाडौं ।
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले नेपालमा २५ लाखडोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन् ।

सह–प्रवक्ताअधिकारीले नेपालमाकरिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रमजारी रहेको पनिउनको भनाई छ ।

नेपालमाहालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए ।

शनिवार न्यूजएजेन्सी नेपाल सँग कुराकानीगर्दै सह–प्रवक्ताअधिकारीले हालसम्मभारत सरकारले उपहारस्वरुपदिएको कोभिशिल्डखोप १० लाखडोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्डखोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्तभएको र नेपाली सेनालाई १ लाखडोज प्राप्तभएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्डखोप प्राप्तभएको उनले जानकारी दिए ।

त्यस्तै चिनबाट ८ लाखडोज भेरोसेल खोप प्राप्तभई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्तभएको उनको भनाई छ । त्यसमध्ये २५ लाखडोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रमजारी रहेको डा. अधिकारीले बताए ।

७लाखको हाराहारीमाखोपमौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाखडोज खोप खरिद गरेको भएपनि १० लाखमात्रै आएको र १०लाखडोजआउनबाँकी रहेको उनले जानकारी दिए ।

यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाई छ । स्पुतनिक भि खोप लगायतकाअन्यखोपहरु ल्याउने सम्बन्धमा समन्वयतथा कुराकानीहरु भइरहेको पनि बताए ।

कोरोना भाइरसको संक्रमणदिनप्रतिदिनबढीरहेको सम्बन्धमा देशभरी ९० वटाप्रयोगशालाबाटपिसिआर परिक्षणभइरहेको उनले जानकारी दिए । अहिले एन्टीजेन परिक्षणमापोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पिसिआर परिक्षणभइरहेको छ ।

पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए । अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ । एन्टीजेन परिक्षणभने मुख्यगरि नेपालभारत सिमामाभारतबाट नेपालभित्रिने नेपालीहरुमागरिएको छ ।

तीन महिनालाई पुग्ने स्वास्थ्य सामाग्री मौज्दात

यस्तै सह–प्रवक्ताअधिकारीले अस्पतालतथाप्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए ।

संक्रमणको दर बढ्दै जाँदामौज्दातमाअशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागिपनि स्वास्थ्यमन्त्रालयले विभिन्ननिकायसँगछलफलगरिरहेको बताए ।

अहिले आवश्यक पर्ने परिक्षणका सामाग्री, उपचारका सामाग्री र अन्यआवश्यक सामाग्रीहरुको सहयोगकालागिबिभिन्ननिकायमा, दाताहरु सँगपत्राचार गरिएको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.