×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमा ७७ वर्षयताकै अधिक वर्षा

२५ असार २०८१

२४ असार , काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको वर्षा हालसम्मकै नेपालमा भएको सबैभन्दा ठूलो वर्षा हो । नेपालमा वर्षामापन हुन थालेयताकै सबैभन्दा धेरै वर्षा पछिल्लो २४ घण्टामा कञ्चनपुरमा भएको हो । कञ्चनपुरका विभिन्न स्वचालित वर्षामापन केन्द्रहरूमा पछिल्लो २४ घण्टामा दोधारामा ५८८ मिलिमिटर, हन्माननगरमा ५५८ मिलिमिटर र सुन्दरपुरमा ४०९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा वर्षामापन गर्न थालेको ७७ वर्षयताकै यो सबैभन्दा ठूलो वर्षा हो । कञ्चनपुरमा भएको वर्षाले हालसम्म नेपालमा भएका सबै वर्षाको रेकर्ड तोडेको छ । यसअघि नेपालमा सबैभन्दा धेरै वर्षा भएको जिल्ला मकवानपुर हो । २०१७ अगस्ट १३ मा मकवानपुरमा ५१६.२ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै यसअघिको नेपालमा भएको धेरै वर्षाको रेकर्ड थियो । कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो ।

२००९ अक्टोबर ५ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९.५ मिलिमिटर वर्षा भएको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा मापन गरिएको छ । कञ्चनपुरका केही स्थान र कैलालीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, आइतबार राति सुदूरपश्चिम प्रदेशमा शक्तिशाली मौसमी प्रणाली विकसित भएको थियो ।

त्यो प्रणालीले अति भारीसम्म वर्षा भएको विभागले जनाएको छ । त्यहाँ निम्नचापीय प्रणाली विकसित भएको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । निम्नचापीय प्रणाली विकसित भएको क्षेत्रमा वायुमण्डलीय चाप कम हुन्छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार, त्यस्तो अवस्थामा वायु माथितिर जान्छ । त्यसको प्रभाव पर्छ र वरिपरिबाट जलवाष्पयुक्त हावा (बादल) आएर ‘भारी’ वर्षाको सम्भावना हुन्छ ।

कञ्चनपुरमा मनसुनकै निम्नचापीय प्रणाली विकसित भएको उनले बताएका छन् । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताएका छन् । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् ।

ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ। नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।

अविरल वर्षासँगै आएको बाढीका कारण सुदूरपश्चिमका ५ जिल्लाको जनजीवन प्रभावित भएको छ । कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी र अछामका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । २ हजार जनालाई विद्यालय, सामुदायिक भवन र अस्थायी टेन्टमा सारिएको सुदूरपश्चिम प्रदेश प्रहरीको कार्यालयले जनाएको छ । कैलालीमा ५७८ जना, कञ्चनपुरमा ५११ परिवारका १ हजार ७३८ जना, दार्चुलामा ९९ जना र बैतडीमा १८० जनालाई डुबान क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ ।

अविरल वर्षाका कारण आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरबाट ३९ जनाको उद्धार गरिएको छ । घरमा बाढी पसेपछि खाटबाट लडेर पानीमा डुब्दा ७ महिने बालकको मृत्यु भएको छ । ७ महिनाका सोलु धानुकको मृत्यु भएको छ । कञ्चनपुरमा महाकाली र जोगबुडा नदि बस्तीमा पसेको छ । बेलडाँडी, भिमदत्त र दोधारा क्षेत्र धेरै प्रभावित भएको एसपी जोशीले जानकारी दिए । सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ।

सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top