×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

१९ भाद्र २०८२

१९ भदौ , काठमाण्डौ ।

अमेरिकाले नेपाली सेनालाई एउटा स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरे ।

यो नेपालको पहिलो एयर एम्बुलेन्स हुने छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालमा अहिलेसम्म ‘डेडिकेटेड’ एयर एम्बुलसेन्स थिएन । अब नेपालकै दर्ता नम्बर भएको सैनिक एयर एम्बुलेन्स हुने भएको छ ।

हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको समेत उपस्थिति थियो । एयर एम्बुलेन्स घाइते वा बिरामीहरुको उद्धारका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

यस्तै परराष्ट्रमन्त्री राणाले अमेरिका सरकारबाट नेपाली सेनालाई दुई विमान हस्तान्तरण समारोहमा सामेल हुन पाउँदा खुसी लागेको बताएकी छन् । अमेरिका–नेपालको स्थायी र बहुआयामिक साझेदारीको प्रतीकात्मक यो हस्तान्तरणले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएकी छन् ।

म संयुक्त राज्य अमेरिका सरकारको उदारतापूर्ण कदमको लागि हार्दिक आभार व्यक्त गर्दछु। म नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डीन आर. थम्पसन, पोलिश उड्डयन कम्पनी र नेपाली सेनाका समर्पित कर्मचारीहरूलाई पनि यो हस्तान्तरणमा सहजीकरण गर्नुभएकोमा धन्यवाद दिन्छु। म अमेरिका–नेपाल सम्बन्धलाई अझ सुदृढ पार्ने दिशामा मेरो कामलाई निरन्तरता दिन तत्पर छु, आरजुले भनेकी छन् ।

विपद् व्यवस्थापन र सुत्केरीको उद्धार कार्यक्रमलाई प्रभावकारी बनाउन अमेरिकाले दुईवटा जहाज सेनालाई उपलब्ध गराएको हो । “नेपाली सेनालाई जहाज उपलब्ध गराउने समझदारी पहिले नै भएको थियो । सोहीअनुसार अहिले हस्तान्तरण गर्न लागिएको हो,” नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भनेका छन् ।

Oplus_16908288

दोस्रोपटक राष्ट्रपति भएसँगै डोनाल्ड ट्रम्पले अमेरिकाले दिँदै आएको वैदेशिक सहायतामा व्यापक कटौती गरेका थिए । सोही कटौतीमा सेनालाई उपलब्ध गराउने भनिएको जहाज पनि पर्ने हो कि भन्ने शंका बढेको थियो । तर हालै अमेरिकाले दुईवटा जहाज भदौ महिनाभित्रै नेपाली सेनालाई उपलब्ध गराउने जानकारी गराएको थियो ।

२०८१ साउनको अन्तिम साता नेपाल भ्रमणमा आएका तत्कालीन अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने सूचना दिएर फर्केका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यको लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए । वर्मा फर्केपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ बनाउन अमेरिका प्रतिबद्ध रहेको उल्लेख गरिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत हवाई क्षमता सुदृढ गर्न नेपाललाई १० करोड अमेरिकी डलर (तत्कालीन विनिमयदरनुसार, १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो ।

विज्ञप्तिमा विमान तथा हेलिकोप्टरको संख्या भने उल्लेख गरिएको थिएन । सन् २०१९ को डिसेम्बरमा नेपाली सेनाले अमेरिकी अनुदान सहयोगमा दुईवटा कार्गो जहाज (स्काई ट्रक) प्राप्त गरेको थियो । ती दुई स्काई ट्रकको मूल्य दुई करोड २४ लाख ७२ हजार ५७५ अमेरिकी डलर थियो ।

सन् २०१९ मा नेपाली सेनाले प्राप्त गरेको दुईवटा एम २८ स्काई ट्रक पोल्यान्डमा पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेएल)ले निर्माण गरेको थियो । अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिबद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार, यी विमान करिब झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोगमा उपलब्ध भएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय स्रोतका अनुसार एयर एम्बुलेन्सको लागत १ अर्ब ५७ करोड हाराहारी रहेको छ ।

त्यस्तै, बहुउपयोगी कामका लागि प्रयोग हुने स्काई ट्रककोलागत १ अर्ब ३८ करोड रुपैयाँ हाराहारी रहेको छ । एयर एम्बुलेन्समा ४ करोड ६६ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु रहेका छन् । सैनिक स्रोतका अनुसार, नयाँ एयर एम्बुलेन्स अत्याधुनिक उपकरणसहित रहेको छ ।

यसमा अनबोर्ड मेडिकल इक्युपमेन्ट जडान गरिएका छन् । जसमा स्ट्रेचर, भेन्टिलेटर, अक्सिजन सपोर्ट प्रणाली, डिफिब्रिलेटर र आधारभूत शल्यक्रिया सामग्रीसमेत रहने छन् । यसले आकस्मिक अवस्थामा बिरामीलाई अस्पतालसम्म पु¥याउने क्रममा हवाईमै उपचार गर्न सकिने सुविधा उपलब्ध गराउनेछ ।

नेपालले सिभिल एयर एम्बुलेन्सको धेरै पहिलेदेखि आवश्यकता महसुस गर्दै आइरहेको थियो । नेपालमा रजिष्र्टड भएको जहाजबाट स्वदेश र विदेशमा बिरामी ल्याउन÷लैजान अब सहज हुनेछ । सैनिक एयर एम्बुलेन्स सेवा नेपाली नागरिकले प्राप्त गर्दा सस्तो पनि पर्नेछ ।

चार वर्षअघि अमेरिकी सहयोगमै सेनाले ३ वटा स्काई ट्रक ल्याइसकेको छ । अमेरिकी सहयोगमार्फत थप दुइटा आएसँगै यो संख्या ५ पुगेको छ । गौचरस्थित मिड एयरबेसमा कार्यरत एक सैनिक पाइलटका अनुसार, हाल सेनासँग १९ वटा वायुयान छन् ।

जसमा रसियन एमआई हेलिकोप्टर ४, टर्बोप्रप स्काई ट्रक ३, अमेरिकन पाइपर २, इटालियन अगसता हेलिकोप्टर २, भारतीय धुव्र हेलिकोप्टर २, बेल हेलिकोप्टर ३, युरोकोप्टर २ र स्पेनिस ट्रान्सपोर्ट कासा विमान १ गरी १९ वटा जहाज तथा हेलिकोप्टर उडानमा छन् ।

यी विमानका लागि सेनासँग ४० हाराहारी पाइलट रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top