Nepal Times
Nepal Times
3
Shares

नेपालमै बन्यो कोभिड बारेमा सूचना दिने रोबोट

नेपालमै बन्यो कोभिड बारेमा सूचना दिने रोबोट

३ कात्तिक, काठमाडौँ ।
नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ ।

‘यान्त्रिका कोरोना कम्प्याक’नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको काम गर्नेछ । यो रोबोट कुनै पनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ । नाष्टका इन्जिनियर रोशन पाण्डेकाअनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नाष्टकै प्रवेशद्धारमा राखिने पनि पाण्डेले बताए ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कँदा प्रभावकारी रुपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए । त्यस्तै राबोटले समेत मास्क दिने, कोभिडको बारेमा सूचना दिने गर्दा यसले जनचेतना मुलक सन्देश दिने समेत उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.