Nepal Times
Nepal Times
3
Shares

नेपालले आज मलेसियासँग खेल्दै

नेपालले आज मलेसियासँग खेल्दै

९ बैशाख, काठमाडौ। सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग भिड्दैछ ।

टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली सहज जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले नै पाखा लगाएको थियो । जितविहीन रहेको मलेसिया पनि पहिलो जितसहित सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगिसकेको छ । मलेसिया भने सिरिज बाहिरिएको छ ।

बुधबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल स्थगित भएपछि मलेसिया बाहिरिएको हो । अब फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.