×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपालीलाई न देशको माया, न नागरिकताको

२९ श्रावण २०८१

२९ साउन , विराटनगर।

स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जाने क्रम बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेहरूको ‘ग्राफ’ बर्सेनी उकालो लाग्दै गएको हो ।

मोरङमा मात्रै एक वर्षमा ६४ जनाले नागरिकता त्याग गरेका छन् । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तबरले राख्न थालेको हो । त्यसयता १५ वर्षको अवधिमा १८४ जनाले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले ‘नेपाल टाइम्स’ लाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्तासमेत रेग्मीका अनुसार अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०–८१ मा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ६४ पुगेको छ । जबकि २०७९–८० मा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

‘नागरिकता त्याग गर्नेको संख्या बढ्दो अवस्थामा देखिएको छ,’ उनले भने, ‘बर्सेनि नागरिकता खारेज गर्नका लागि पर्ने निवेदन बढिरहेका छन् । कहिलेकाँही त दिनमै पाँच जनासम्मले नागरिकता त्याग्छन् ।’ निरौलाका अनुसार २०६६ साल जेठ ८ गतेबाट नागरिकता परित्यागको तथ्यांक राख्न थालिएको हो ।

सो वर्ष पाँच जनाले नागरिकता त्याग गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, २०६७ सालमा मोरङका आठ जनाले नागरिकता त्यागेका छन् भने २०६८ सालमा ६ जनाले, २०६९ मा ६, २०७० र २०७१ मा चार–चार जनाले नागरिकता त्यागेका छन् । २०७२ सालमा भने नागरिकता त्याग्नेको ह्वात्तै बढेको तथ्यांक छ ।

सो वर्ष ११ जनाले नागरिकता त्यागेका छन् । २०७३ सालमा १० जना, २०७४ सालमा नौ जनाले नागरिकता त्याग गरेका छन् । २०७५ सालमा १८ जनाले नागरिकता त्यागेको तथ्यांकमा उल्लेख छ । २०७६ सालमा ११ जना, २०७७ मा पाँच जना, २०७८ मा ११ जनाले नागरिकता त्यागेका छन् ।

२०७९ सालमा १८ जनाले नागरिकता त्याग गर्दा २०८० सालमा ५८ जनाले नागरिकता परित्याग गरेका छन् भने २०८१ सालको अहिलेसम्म ६ जनाले नागरिकता परित्याग गरेका छन् । वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ ।

विदेश जाने बढेपछि नेपाली नागरिकता परित्याग गर्ने बढ्दै गएको कार्यालयले जनाएको छ । त्यसबाहेक भारतीय नागरिक बन्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको छ । केहीले भारतीय नागरिकता पाउनका लागि नेपाली नागरिकता खारेज गर्न निवेदन दिएका छन् ।

विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछिमात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको छ । लामो समयदेखि वैदेशिक रोजगार साथै डिभी–पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले युरोप, अमेरिकालगातय विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको बताएका छन् । झट्ट हेर्दा संख्या थोरै देखिए पनि मुलुकभरि वार्षिक रूपमा भने आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन्।

मोरङमा नागरिकता रद्द गर्नेको संख्या भने घटेको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा, झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको र अन्य जिल्लाबाट पनि नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top