Nepal Times
Nepal Times
3
Shares

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सोमबार बस्ने

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सोमबार बस्ने

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.