Nepal Times
Nepal Times
3
Shares

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकेको छ ।

कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.