Nepal Times
Nepal Times
3
Shares

नेपाली चेली बोनिता परिन् शक्तिशाली महिलाको सूचिमा

नेपाली चेली बोनिता परिन् शक्तिशाली महिलाको सूचिमा

२९ असोज, काठमाडौं ।
बीबीसीले सार्वजनिक गर्ने विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा नेपालकी बोनिता शर्मा परेकी छन् ।

ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । बिबिसीले तयार पारेको सन् २०१९ का शक्तिशाली महिलाको सूचिमा नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा परेकी हुन् ।

समाजमा सकारात्मक प्रभाव पार्न सफल महिलामध्ये बिबिसीले ६ वटा विधामा शक्तिशाली महिलाको सूचि बनाएको छ । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधामा विभाजन गर्दै १०० महिलाको सूचि सार्वजनिक गरिएको हो ।

नेपालकी बोनिता ज्ञानको श्रेणीमा परेकी छन् । शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुन्। उनको नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

२७ वर्षे बोनिताको नेतृत्वमा सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले गएको जेठ पहिलो हप्ता कम्पनी दर्ता गराएको थियो। शर्मा र उनको संस्था (सोचाइ)ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत हात पारेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.