५ मंसिर, काठमाडौं । हालसालै बढुवा भएका नेपाली सेनाका सहायक रथी सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
दुवैलाई शुक्रबार जंगी अड्डामा एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले ढकाल र खड्कालाई सहायक रथीमा बढुवा गरेको थियो। दर्ज्यानी चिन्हसँगै ढकाललाई पूर्वी पृतना हेडक्वार्टर र खड्कालाई राष्ट्रिय सुरक्षा परिषदमा पदस्थापन गरिएको जंगी अड्डाले जनाएको छ।