×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

२० असार २०८२
२० असार, काठमाडौं ।
नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की सेवाबाटै बर्खास्त भएका छन् । उनीहरु भ्रष्टाचार अभियोगमा नेपाली सेनाबाट बर्खास्त भएका हुन् ।
बिहीबार नेपाली सेनाको सैनिक विशेष अदालतले कल्याणकारी कोषमा उनीहरूले भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने फैसला सुनाएको हो ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सैनिक अनुशासन र आचरणविरूद्ध काम गरेकाले उनीहरूलाई बर्खास्त गरिएको हो ।
सैनिक ऐन २०६३ को दफा १०१ अनुसार दुई जनालाई सरकारी सेवामा अयोग्य नठहरिने गरी पदबाट हटाउने फैसला भएको उनले बताए। ’अपचलन भएको रकम असुल गर्ने निर्णय पनि भएको छ,’ बस्नेतले जनाएका छन् ।
सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१५ रूपैयाँ अपचलन गरेको भन्दै सहायक रथी खड्का र मेजर कार्कीविरूद्ध सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरी छानबिन अघि बढाएको थियो ।
छानबिनपछि सैनिक अदालतले उनीहरूलाई दोषी ठहर गरी बर्खास्त गरेको हो । तत्कालीन समयमा बोधराज कार्की सेनानी र रोशन खड्का तत्कालीन प्रमुख सेनानीको रूपमा कार्यरत थिए ।
उनीहरूले कल्याणकारी कोषमा हुँदा मिलेमतो गरी २०७४ कात्तिक १३ गतेदेखि २०७५ भदौ २६ गतेसम्म १४४ वटा चेकबाट एक करोड ७४ लाख २१ हजार ३२९ रूपैयाँ भुक्तानी लिएको खुलेको थियो ।
त्यस्तै, त्यसअघि २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्मको ४० वटा चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ अपचलन गरेको अनुसन्धानमा खुलेको हो ।
यही घटनामा तत्कालीन सेनानी लक्ष्मण अधिकारी र पूर्वजमदार आत्मराम थापा पनि मुछिएका थिए । उनीहरू दुई जनाले भने अवकाश पाइसकेकाले सेनाले सैनिक ऐन आकर्षित नहुने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई गत चैत ३१ गते पत्राचार गरी अनुसन्धान गर्न अनुरोध गरेको थियो ।
थापालाई पक्राउ गरिए पनि अधिकारी फरार छन् । थापालाई वैशाख २८ गते काठमाडौं जिल्ला अदालतको दिवाकर भट्टको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
अधिकारीले बिदामा सहुलियत, पेट्रोलको कुपन तथा क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेकाले रकम घोटालामा सहयोग गरेको बयान जमदार थापाले सरकारी वकिलसमक्ष दिएका थिए ।
थापा २०७३ सालदेखि २०७५ सालसम्म सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत थिए । अधिकारीले नाम सूची तयार गर्ने र त्यस बमोजिमका चेकहरू तयार गरी रकम मिलाएको आरोप उनीहरूमाथि थियो ।
सैनिक कल्याणकारी कोषको ४ लाखभन्दा बढी रकम निकाल्न सहायक रथीको हस्ताक्षर आवश्यक हुन्छ भने त्यो भन्दा कमको रकम निकाल्न कम्तीमा २ जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने कानुनी व्यवस्था छ ।
अवकाश हुने सैनिकले उपदानबापत पाउने बिमा तथा आवासको रकम बुझिसकेपछि स्वयंले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ । तर यी चार जनाले भने विभिन्न व्यक्तिको नाममा लिएको रकममा आफैँ हस्ताक्षर गरेर झिकेको खुलेको छ ।
आत्मराम थापाले यसअघि सैनिक छानबिनका क्रममा ३० लाख रुपैयाँ आफूले अपचलन गरेको स्वीकार गरेको सेनाको दाबी छ । अर्का प्रतिवादी लक्ष्मण अधिकारी भने दुई वर्षपहिले नै अवकाश भएर अमरिका पुगेका छन् ।
उनीविरुद्ध पनि सैनिक ऐन आकर्षित नहुने भएकाले आवश्यक कारबाही गर्न सेनाले प्रहरीलाई पत्र पठाएको थियो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भइसकेको छ ।
जिल्ला अदालतमा मुद्दा दायर गरिएका दुई जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कारबाही माग गरिएको छ ।
यस्तै अपचलन भएको रकम बिगो भराउन पनि माग गरिएको छ । उक्त दफा अनुसार कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top