Nepal Times
Nepal Times
3
Shares

नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेताहरुको वरियता टुंगो लाग्यो ।

नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेताहरुको वरियता टुंगो लाग्यो ।

२ भदौ, काठमाडौं ।

नेकपा सचिवालयको आइतवार साँझ बसेको बैठकले दुई अध्यक्ष हरु पछिको दोश्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाल रहनुहुने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई बरिष्ठ नेता खनाल पछिको तेश्रो वरियतामा राख्ने निर्णय गरेको छ । पछिल्लो समय नेकपाको वरियतामा झलनाथ खनालले आफुलाई तल पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आउनु भएको थियो । सचिवालयको बैठक पछि सम्वाददाताहरुलाई जानकारी दिदै नेकपा प्रचार बिभाग प्रमुख नारायण काजी श्रेष्ठले नेताहरुको वरियता संगै सागठानिक एकताका बाँकी बिशेष क्षेत्र र जवार्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चाजर्मा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनु भयो । आजको बैठकले इन्चार्ज सँगै विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरू पनि तोकेको छ ।

बैठकले यस अघि किसान संगठनको अध्यक्ष तोकिनु भएका नेता बामदेब गौतम संगठन बिभाग प्रमुख बने पछी अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले किसान संगठनको अध्यक्षको जिम्मेवारी हरि प्रसाद पराजुलीलाई दिने निर्णय गरेको छ । पराजुली यस अघि उपाध्यक्ष तोकिनु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.