Nepal Times
Nepal Times
3
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले राहत कोषलाई दियो १ करोड

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले राहत कोषलाई दियो १ करोड

२६ चैत, विराटनगर ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो ।

बैंकका बिराटनगर शाखा प्रबन्धक दुर्गाप्रसाद घिमिरेले प्रदेश १ का मूख्यमन्त्री शेरधन राईलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैकले प्रत्येक प्रदेश सरकारलाई ५—५ लाख रुपैंया र संघीय सरकारलाई ६५ लाख रुपैंया गरी एक करोड रुपैंया सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले बिपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले बिश्वभर महामारी फैलिरहेको कोरोना विरुद्धको अभियानका लागि सरकारलाई सहयोग हस्तान्तरण गरेको शाखा प्रबन्धक घिमिरेले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.