×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपाल टेलिकममा रोबर्टबाट सेवा, ६ सय प्रश्नको जवाफ दिने

२ मंसिर २०८१

२ मंसिर, काठमाण्डौ।

नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोर्ट विधिको प्रयोग सुरु गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताएका छन् । पन्थीले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताएका छन् ।

उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताए । उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताए ।

रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको पनि उनले जानकारी दिएका छन् । नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने उनले बताए । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने उनले बताएका छन् ।

उनले भने,‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलिभरीलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले आजदेखि मैना रोबर्टबाट डेमो शुरु गरेका छौं । रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ ।

सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्यहरु शुरु गरेका छौं । सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम गर्छौं । शनिवार पनि खुला हुन्छ ।

सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं । त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ ।

हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ । सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको पनि उनले बताए ।

शनिवार पनि कार्यालय खुला हुने बताउदै उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए । त्याहा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही जाने गरेका छन् ।

अब कार्यालय पुग्ने सेवाग्राहीलाई कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोर्टले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोर्टमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top