Nepal Times
Nepal Times
3
Shares

नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

७ बैशाख, काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेदरल्याण्डका बिन कपर र बास डे लिडाले अर्धशतक पारी खेले । कपरले ५५ रनको योगदान दिए । लिडाले ८१ रन जोडे । यस्तै, टाविस भिसाले १५, पिटार सेलारले ३१, स्कट इड्वार्डले २ र आर्यन दत्त शून्य रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । अविनाश बोहरा र कुशल मल्ल र करन केसीले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई २०७ रनको चुनौती दिएको छ ।

नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.