Nepal Times
Nepal Times
3
Shares

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

२४ चैत, काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् ।

ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् ।

आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ । यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने ।

ओलीले नेपाल पक्षका नेतासँग अलगअलग कुराकानी गरिरहेका बेला शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी खनाललाई भेट्न पुगेकी थिइन् ।

खनालको स्वास्थ्यावस्था बुझ्ने बाहनामा निवासमै पुगेकी भण्डारीले एमालेलाई विभाजन हुन नदिन खनालको भूमिका हुनुपर्नेमा जोड दिएकी थिइन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.