Nepal Times
Nepal Times
3
Shares

नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगे

नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगे

५ वैशाख, काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल पक्षका नेताहरु आइतबार निर्वाचन आयोग गएका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदर गर्न माग गर्दै नेपाल पक्षका नेताहरु आयोग गएका हुन् । फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि एमालेमा ओलीले गरेका एकलौटी निर्णय खारेज हुनुपर्ने उनिहरुको माग छ । नेता वेदुराम भुसाल, सुरेन्द्र पाण्डे सहित आयोग गएका हुन् । यसअघि पनि नेपाल पक्षले ओलीका पछिल्ला निर्णयहरु कार्यान्वयन नगर्न माग गर्दै आयोगमा पत्र बुझाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.