Nepal Times
Nepal Times
3
Shares

नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पालकाे नाम सिफारिस

नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पालकाे नाम सिफारिस

१५ फागुन, काठमाडौँ ।
गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त एआइजी पदका लागि तीन डिआइजीको नाम सिफारिस गरेको छ ।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले बिहीबार तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरि पालको नाम सिफारिस गरेको हो ।

लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, क्षेत्री महानगरीय प्रहरी कार्यालय रानीपोखरी र पाल प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा कार्यरत छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.