×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपाल बन्दको प्रभाव पूर्वमा सामान्य

२९ श्रावण २०७५

विराटनगर, साउन २९
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना प्रवक्ता तथा स्थायीसमिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आज गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण विराटनगरमा पनि छिटपुट मात्रामा मात्रै सवारी साधन सञ्चालनमा आएका छन् भने बजार पसल पनि खुलेको मोरङ प्रहरीले जनाएको छ । संभावित दुर्घटनालाई रोक्न र बन्दमा अराजक गतिविधी हुन नदिन सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीले जनाएको छ ।

बन्दको कारण प्रदेश नं. १ का पहाडि तेह्रथुमलगायतका जिल्ला भने बढी प्रभावित भएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा यात्रुहरुलाई सास्ती भएको छ । उता प्रहरीले झापामा आज विप्लवका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

बन्दमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै उनीहरुलाई पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद र पर्चा, दस्तावेज समेत बरामद गरेको छ ।

बन्दको प्रभाव उत्तरी मोरङमा पनि परेको छ । यातायत मात्र वन्द भएपछि विद्यालयहरु पनि आफसेआफ वन्द भएका छन । सुरक्षाको कारण देखाउँदै प्याव्सन बेलबारीले सल्लाह नै गरेर निजि विद्यालयहरु बन्द गरेको छ ।

उच्च मावि र क्याम्पसहरुका विहानी कक्षाहरु भने निर्वाध रुपमा संचालन भएका छन । वन्दका कारण पूर्व पश्चिम राजमार्गमा पर्ने, सधैँ व्यस्त देखिने बेलबारी तथा विराटचोक बजारमा यातायातका साधन चलेका छैनन । कडा सुरक्षा व्यवस्थाका बीच छोटा दुरीका म्याजिक र माइक्रो भने सचालन भएका छन । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले सुरक्षा व्यवस्था कडा पारिएकोले सर्वसाधारणले आतंकित हुनु नपर्ने वताउनु भएको छ ।

यसैबीच चन्दा असुली लगायतको आरोपमा पक्राउ परेका प्रवक्ता विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

विश्वकर्मासहित तीनजनालाई प्रहरीले गत मंगलबार काठमाडौंबाट पक्राउ गरेको थियो । विश्वकर्मालाई सात करोड भन्दा बढी रकम चन्दा संकलन गरेको आरोप सरकार पक्षले लगाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top