×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

२८ बैशाख २०७५

धनगढी,२८ वैशाख ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ ।

संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिए ।

यो सीमा क्षेत्रमा पर्ने ६५९ वटा सीमा स्तम्भको रेकी कार्य गरी निर्माण र मरमत सम्पन्न गरिएको ४ नं सीमा सर्भे टोलीका प्रमुख धामीले बताए । कैलाली जिल्लाको शुरुवातको विन्दु खक्रौलास्थित ७०० नम्बरको सीमास्तम्भदेखि कञ्चनपुरको ब्रम्ह्देव नजिकको सीमाको ८११ नम्बर सम्मका सीमास्तम्भको अवस्था, भत्के बिग्रेका फेला पारेको पाइएमा तीनको निर्माण गर्ने अधिकार सर्भे टोलीलाई दिइएको थियो ।

कैलाली जिल्लाको भजनी नजिकको मारियाघाट र धनगढी उपमहानगरको फूलबारी सीमा क्षेत्रमा स्थानीयवासी बासिन्दाले आफ्नो भोगचलनको जग्गामा सीमा स्तम्भ निर्माण गर्न नदिने भन्दै विवाद गरेपछि यी दुबै ठाउँमा निर्माण हुनुपर्ने सातवटा सीमास्तम्भको निर्माण हुन नसकेको जनाइएको छ ।

विवादित क्षेत्रका सीमा स्तम्भको बारेमा भने टोलीले आ–आफ्नो देशको माथिल्लो निकायमा जानकारी गराएको बताइएको छ ।

नेपालका तर्फवाट नापी विभागको प्रमुख नापी अधिकृत धामी र भारतको तर्फबाट देहरादुन नापी कार्यालयका प्रमुख आरसि भट्टको नेतृत्वको टोलीले गएको मंसिरदेखि भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरको पुरानो सीमा बजार ब्रम्ह्देव नाकासम्मका सीमास्तम्भको रेकी कार्य गरी निर्माण र मर्मत गरेको हो ।

‘दुबै देशको टोलीले संयुक्त रुपमा सर्भेको काम गरेको हो, धामीले भने, “मारियाघाट र फूलबारी बाहेकका क्षेत्रमा सीमास्तम्भको निर्माण मर्मतमा दुबै देशका नागरिकबाट सहयोग मिलेको थियो ।”

यस टोललाई ७ नं प्रदेशका कैलाली र कञ्चनपुरबाहेक, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा पर्ने नेपाल–भारत सीमास्तम्भको पनि सर्भेसम्बन्धी काम गर्ने अधिकार दिइएको छ ।

यसैबीच आज यहाँ भएको दुबै देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र सीमा सर्भे टोलीका प्रमुखको संयुक्त बैठकमा सीमा सर्भेसम्बन्धी कार्य प्रगतिको समीक्षा गरिएको छ ।

बैठकमा सीमा क्षेत्रमा देखिने विवादको समाधान आपसी समझदारीबाट खोजिनु पर्नेमा दुबै देशका अधिकारी सहमत भएको बैठकपछि कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा सीमा सर्भे कार्यलाई आगामी दिनमा प्रभावकारी बनाएर लैजान दुबै पक्ष एकमत भएको प्रजिअ तिवारीले बताए । बैठकमा नेपालको तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र भारतको तर्फबाट खिरी, पिलिभित, चम्पावत् र उदमसिंनगर जिल्लाका डिष्ट्रिक मजिष्टेड(डिएम), प्रहरी अधिकारीलगायत सहभागी थिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top