Nepal Times
Nepal Times
3
Shares

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

२ माघ, काठमाडाैँ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक भर्खरै सम्पन्न भएको छ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागीता रहेको थियो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका हुन् । बैठकअघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.