Nepal Times
Nepal Times
3
Shares

नेपाल–भारत सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशले व्यवस्थापन गर्ने

नेपाल–भारत सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशले व्यवस्थापन गर्ने

१८ चैत, काठमाडौं ।
सीमा नाका बन्द भएपछि पनि भारतबाट नेपाल र नेपालबाट भारत फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने भएको छ ।

दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले जो जहाँ छन् त्यही ठाउँमा सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

दार्चुलाको सीमा क्षेत्र धार्चुला र कैलालीको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय पक्षले खाने बस्ने व्यवस्था मिलाउन थालिसकेको र अन्यत्र पनि पछिल्लो सहमतिअनुसार हुने भट्टराईले बताए । नेपालभित्र रोकिएका भारतीय नागरिकको व्यवस्थापन नेपालले जिम्मा लिएको उनले जानकारी दिए ।

उनले भने ‘पछिल्लो समझदारीअनुसार भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुवै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउँमा क्वारेन्टाइनकै रुपमा शुरु भइसकेको छ ।’

अत्यन्त जोखिम र संकटको बेलामा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार पनि जुन देशका नागरिक जहाँ छन् त्यहीँ रहने भन्ने रहेकाले भारतले सोही अनुसारको व्यवहार देखाउने विश्वास सरकारले व्यक्त गरेको छ ।

मलेसिया, मध्यपूर्वलगायतका देशमा रोजगारीमा गएका लाखौं नेपालीहरु त्यहीँ बसिरहेका छन् भने अन्यत्र युरोप अमेरिका, अष्ट्रेलिया,जापानलगायतका मुलुकमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी समस्यामा छन् । तर अहिले उनीहरुलाई स्वदेश ल्याउन सम्भव नभएको र व्यवहारिक पनि नहुने सरकारको भनाइ र्छ परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावास र नियोगहरुलाई नेपाली समुदायलाई सघाउन र समन्वय गने निर्देशन दिइसकेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.