Nepal Times
Nepal Times
3
Shares

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० मुलुकका पर्यटनमन्त्री आउने

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० मुलुकका पर्यटनमन्त्री आउने

६ मंसिर, काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन् ।

सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा पनि सो भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्नेगरी तयारी भईरहेको पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दे मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुको संख्यालाई हेरेर सो भ्रमण वर्षको शुभारम्भ गर्न करिव ४० देशका पर्यटन मन्त्रीहरुलाई नियन्त्रणा गरिएको पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीको काममा सरकार केन्द्रित रहेको पनि बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.